माथिल्लो स्यांगे आयोजनाको विद्युत उत्पादन सफल परीक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2021 | 07:15:58 PM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङ स्थित माथिल्लो स्यांगे जलविद्युत आयोजनाबाट २ दशमलव ४ मेगावाटको विद्युत् उत्पादन सफल परीक्षण भएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ मिप्रामा रहेको सो आयोजनाको हालै विजुली उत्पादन परीक्षण सफल भएको हो । 

आयोजनाका प्राविधिक सोम तामाङका अनुसार गत असोज १५ मा सो आयोजनाको निर्माण सम्पन्न भइ गत  मङ्सिर २२ गतदेखि परीक्षण सुरु गरिएको छ ।  उनले भने “उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न नेपाल विद्युत प्राधिकरणसँग पत्राचार भइसकेको छ ।  सिभिल संरचना तथा जडान भएका उपकरणकोे हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण सफल भएको हो । ”

निर्माण शुरु गरेको चार वर्षमा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाले विसं २०७६ जेठभित्र नै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएपनि  कोरोना महामारी र सडकका कारण ढुवानीमा समस्या भएकाले निर्माण अवधिमै सम्पन्न हुन नसकेको बताइएको  छ ।  विसं २०७४ देखि आयोजनाको निर्माण   अघि बढेको थियो । आयोजनाको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १२ किलोमिटर दूरीमा रहेको खुदी सबस्टेसनमा जोडिने प्राविधिक तामाङले जानकारी दिए  ।

आयोजनाबाट वार्षिक १४.६१६ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । त्यस्तै हिउँदमा २.८६८ र वर्खायाममा ११.७४८ गिगावाट घण्टा विद्युत् उत्पादन आयोजनाले जनाएको छ । आयोजना ५० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको अपर स्यांगे हाइड्रोपावर लिमिटेडले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved