जलविद्युतमा सहकार्य गर्न अष्ट्रिया इच्छुक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2022 | 02:58:26 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेकी छिन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूले दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विचारविमर्श गरेको मन्त्रालयले जनाएको छ।

भेटमा ऊर्जामन्त्री भुसालले पाटन सङ्ग्रहालय र केशर महलस्थित बगैँचाको जीर्णोद्धारमा अष्ट्रियाले पु¥याएको सहयोगप्रति त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरेकी छिन्। उनले वातावरण र सांस्कृतिक सम्पदा संरक्षण, खानेपानी एवं पर्यटन विकासमा अष्ट्रियाले नेपाललाई सहयोग गरेको स्मरण गरिन् । उनले जलवायु परिवर्तन र वातावरणीय प्रभावका विषयमा पनि दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिईन् ।

मन्त्री भुसालले सन् २०३० सम्ममा दिगो विकासका लागि हासिल गर्नुपर्ने लक्ष्य भेट्टाउनका लागि अष्ट्रिया सरकारको साथ रहने विश्वास व्यक्त गरिन्। नेपालका लागि राजदूत नियुक्त भएकामा बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री भुसालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिन्।

सो अवसरमा राजदूत वाइजरले अष्ट्रिया र नेपालबीच भौगोलिक बनावट उस्तै रहेको उल्लेख गर्दै आगामी दिनमा जलविद्युत्को क्षेत्रमा सहकार्य गर्न सकिने बताईन्। उनले आफ्नो देशमा ६० प्रतिशत जलविद्युत् ऊर्जा प्रयोग भएको बाँकी सौर्य एवं बायोमास प्रयोग हुँदै आएको जानकारी गराईन् । भेटमा ऊर्जा सचिव देवेन्द्र कार्की तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो । नेपाल र अष्ट्रियाबीच सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved