लगानी बोर्डले भारतीय कम्पनी एनएचपिसीलाई दियो पश्चिम सेतीको सर्भे लाईसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2022 | 03:39:38 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानी बोर्डले भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको सर्भे लाईसेन्स प्रदान गरेको छ  । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले एनएचपिसीका डेपुटी जनरल म्यानेजर अशोक कुमार जोशीलाई आयोजनाको सर्भे लाईसेन्स प्रदान गरेका हुन्।

लाईसेन्स प्रदान गर्दै सीइओ भट्टले तोकिएको समय मै सर्भेको कार्य सक्न आग्रह गरेका छन् ।  एनएचपिसीले गत असोज १२ गते आयोजनाको सर्भे लाईसेन्स माग गर्दै बोर्डमा आवेदन दिएको थियो । सर्भे अनुमति पाएको दुई वर्षभित्र विस्तृत अध्ययन गरेर प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेस गर्नुपर्ने ब्यबस्था छ। 

नेपाल सरकारले यस अघि नै ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना र ४५० मेगावाट क्षमताको सेती नदी -६ जलविद्युत आयोजना अध्ययन र निर्माणको जिम्माको भारतीय कम्पनी एनएचपीसीलाई सुम्पिएको छ ।  यस अघि लगानी बोर्डले  ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी -६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको थियो। एनएचपिसी भारत सरकारकोको स्वामित्व भएको कम्पनी हो  । 

आयोजना निर्माण अनुमति पाएर लामो समयसम्म काम नगरेपछि सरकारले यी आयोजना चिनियाँ कम्पनी चाइना थ्री गोर्जेजबाट खोसेको थियो ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved