गण्डक जलविद्युत केन्द्रको खाली जग्गामा सोलार आयोजना निर्माण हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2022 | 12:01:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले नपलपरासीमा ६ मेगावाट जडित क्षमताको सौर्य विद्युत आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा स्थिति गण्डक जलविद्युत केन्द्रको गण्डक जलविद्युत केन्द्रको स्वामित्वको खाली जग्गामा करिब ६ मेगावाट जडित क्षमताको सौर्य विद्युत आयोजना निर्माण गर्ने भएको हो ।

प्राधिकरणका अनुसार गण्डक जलविद्युत केन्द्रको स्वामित्वमा रहेको करिब ३४ बिघा जग्गामध्ये ९.७ बिघा जग्गामा सौयै विद्युत आयोजना निर्माण गरिने छ । गण्डकसहित लमजुङ स्थित मध्यमस्र्याङ्दी र सुर्खेतस्थित झुप्राखोला साना जलविद्युत केन्द्रको स्वामित्वको जग्गामा गरी करिब ९ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरिने छ । आयोजनाको अनुमानित लागत  एक करोड १५ लाख युरो रहेको छ । आयोजना निर्माणका लागि जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत  ६० लाख युरो अनुदान रकम प्राप्त हुने छ । अपुग रकम नेपाल सरकार र प्राधिकरणले बेर्होने छन् ।

मध्यमस्र्याङ्दी र झुप्राखोला जलविद्युत केन्द्रमा क्रमश ः करिब १ र २ मेगावाटका सौर्य विद्युत राखिने छ । सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ भने ब्याट्री  राखिने छैन । एक वर्षभित्र ठेक्काट्टाका सम्पूर्ण प्रक्रिया पूरा गरी आयोजना निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणका कायृकारी निर्देशक कुलमान घिसिङले बताए । आयोजनाको निर्माण २०८१ पुसभित्र सक्ने लक्ष्य राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved