सडक बत्तीको मिटर जडान गरेर महशुल बुझाउन स्थानीय तहहरुलाई प्राधिकरणको उर्दी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2022 | 06:11:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले स्थानीय तहरुलाई सडक बत्तीहरुको मिटर राख्न भनेको छ । बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले  ४५ दिनभित्र सबै सडक बत्तीहरुको मिटर राख्न स्थानीय तहरुलाई अनुरोध गरेको हो ।

प्राधिकरणले अनुमति नलिई बिजुलीमार्फत सडक बत्ती नजोड्न पनि भनेको छ । प्राधिकरणले स्थानीय तहहरुले आफूखुशी गर्दा सडक बत्तीको विद्युत शक्तिको मापन र त्यस वापतको महसुल भुक्तानीमा समस्या आएर प्राधीकरणले घाटा व्यहोर्नु परेको दाबी गरेको छ । 

प्राधिकरणले सबै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई सडक बत्ती वापतको महसुल तत्काल तिर्न पनि भनेको छ । 

प्राधिकरणले सडक बत्तीका लागि सिंगल फेज मिटर उपलब्ध गराउने छ । एउटा मिटरबाट १ सय वाट क्षमताका ५० भन्दा बढी सडक बत्तीको मापन गर्न सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved