एचआईडिसीएलको ४ वर्षे योजना: १०० अर्ब लगानी गर्ने, अन्तर्राष्ट्रिय रणनीतिक साझेदार ल्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2023 | 11:38:31 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आफ्नो ४ वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष एवम् उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले आज साधारणसभा मार्फत कम्पनीको ४ वर्षे रणनीतिक योजना सार्वजनिक गरेका हुन् ।

यस्तो छ कम्पनीले पेश गरेको रणनीतिक योजना, लक्ष्य र कार्यक्रमहरु :

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीले दिएको कार्यादेश, जलविद्युत विकास तथा लगानीको सन्दर्भमा नेपाल सरकारले अवलम्बन गरेको नीति, योजना तथा कार्यक्रम, लगानीको समग्र वातावरणको विश्‍लेषण एवं कम्पनीले विगतमा अवलम्बन गरेको रणनीति र हासिल गरेको उपलब्धिको समीक्षा समेतका आधारमा कम्पनीको भावी गन्तव्य, लक्ष्य र मार्गचित्रसहितको कम्पनीको चार वर्षे रणनीतिक योजना तयार गरी आर्थिक वर्ष २०७८÷७९ बाट सो अनुसार कार्य प्रारम्भ गरिएको छ । नीजि तथा सरकारी स्तरबाट विकास गरिने जलविद्युत आयोजनाहरुमा शेयर तथा ऋण लगानी गरी आयोजनाहरुको वित्तीय, संस्थागत एवं प्राविधिक सुदृढिकरण गर्ने तथा दीर्घकालीन लगानी गरी कम्पनीका शेयरधनीहरुको लाभ वृद्धि गर्ने उद्देश्य सहित कम्पनीले जलविद्युत आयोजनाहरुमा शेयर लगानीलाई प्राथमिकतामा राखी अघि बढ्ने योजना अनुसार सो रणनीतिक योजना तयार गरिएको छ ।

कम्पनीको चार वर्षे रणनीतिक योजनाले देहाय बमोजिमको लक्ष्य लिएको छः

(क) लगानी संरचनाः कुल लगानीमध्ये शेयर लगानीतर्फ न्यूनतम ४५ प्रतिशतदेखि र अधिकतम ६५ प्रतिशतसम्म र ऋण लगानीतर्फ न्यूनतम ३५ प्रतिशतदेखि अधिकतम ५५ प्रतिशतसम्मको लगानी संरचना (Portfolio) कायम गर्ने दीर्घकालीन लक्ष्य अनुरुप ऋण तथा लगानीको संरचना कायम गर्ने ।

(ख) लगानी प्रतिबद्धताः करिब ६५०० मेगावाट जडित क्षमताका जलविद्युत आयोजनाहरूमा करिब रु.१०० अर्ब बराबरको शेयर पुँजी र ऋण लगानीको लगानी प्रतिबद्धता रहने ।

(ग) लगानी प्रवाहः प्रतिबद्धता गरिएका आयोजनाहरुमा करिब रु.३२ अर्ब ऋण र शेयर बापत लगानी रकम प्रवाह गर्ने ।

(घ) वित्तीय स्रोत परिचालनः शेयर पुँजी बापत रु. २२ अर्ब र अन्य वित्तीय उपकरणको माध्यमबाट रु. १५ अर्बसहित कुल रु.३७ अर्ब वित्तीय स्रोतको परिचालन गर्ने ।

(ङ) तरलता व्यवस्थापनः परिचालन भएको वित्तीय स्रोतको न्यूनतम् ९० प्रतिशत रकम विद्युत आयोजनाहरूमा लगानी प्रवाह गर्ने ।


कम्पनीको चार वर्षे रणनीतिक योजना अन्तर्गत देहायका रणनीतिक सुधार योजना एवम् रणनीति अवलम्बन गर्ने योजना रहेको छः

(क) नेपाल राष्ट्र बैङ्कको पूर्ण नियमन र सुपरीवेक्षणमा रहने गरी कम्पनीको संरचनागत तथा संस्थागत रूपान्तरण र विकास गर्ने ।

(ख) कम्पनीको पुँजीमा पुनर्संरचना गरी शेयर संरचनामा अन्तर्राष्ट्रिय रणनीतिक साझेदारलाई सहभागी गराई कम्पनीमा अन्तराष्ट्रिय अनुभव र स्रोत साधन भित्र्याउन प्रयास गर्ने ।

(ग) वित्तीय स्रोतको परिचालन तथा लगानीको विस्तारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य र रणनीतिक साझेदारी कायम गरी नेपाल सरकारले प्राथमिकतामा राखेका आयोजनाहरुको वित्तीय व्यवस्थापन गर्ने प्रमुख वित्तीय व्यवस्थापकको रुपमा भूमिका निर्वाह गर्ने ।

(घ) सहायक कम्पनी मार्फत् एवं रणनीतिक साझेदारीमा अघि बढाइएका आयोजनाहरुको विस्तृत अध्ययन सम्पन्न र लगानीको ढाँचा निर्धारण गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने ।

(ङ) बण्ड, डिवेञ्‍चर, सर्टिफिकेट अफ डिपोजिट आदि जस्ता वित्तीय उपकरण एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ऋण तथा अनुदान प्राप्त गरी लगानी योग्य पुँजी अभिवृद्धि गर्ने ।

(च) शेयर लगानीकर्ताहरूको दीर्घकालीन प्रतिफल उच्चतम कायम गर्न आयोजनाहरुको शेयरमा हुने लगानीलाई प्राथमिकतामा राखी शेयर लगानी र ऋण लगानी बीच सन्तुलन कायम हुने गरी लगानी विस्तार गर्ने ।

(छ) कम्पनीको संस्थागत क्षमता अभिवृद्धि, संस्थागत सुशासन प्रवर्द्धन, सूचनामा आधारित व्यवस्थापन पद्धतिको विकास, मितव्ययी तथा परिणाममुखी कार्यसञ्‍चालन पद्धतिको विकास एवं संस्थागत सामाजिक उत्तरदायित्वको प्रवर्द्धनका माध्यमबाट कम्पनीको सार्वजनिक विश्‍वसनीयता अभिवृद्धि गर्ने ।


कम्पनीले गरेको लगानीको प्रतिवद्धता अनुरुपको वित्तीय स्रोतको आवश्यकता एवम् नगद प्रवाहको विश्‍लेषणका आधारमा वित्तीय आवश्यकता योजना (Financial Requirement Plan) तयार गरी सो योजनाको आधारमा वित्तीय साधनको उपुक्त स्रोत परिचालन गरी कार्वान्वयनमा ल्याइने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved