हिम रिभर पावरको आइपीओ बेच्न बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 05:35:23 PM मा प्रकाशित

laxmi  sunrise bank

हिम रिभर पावर लिमिटेडले प्राथमिक सेयर निष्काशनको लागि सिद्दार्थ क्यापिटललाई विक्री प्रबन्धक चयन गरेको छ। आज एक कार्यक्रमकाविच हिम रिभर पावरले सिद्दार्थ क्यापिटलसँग यस सम्बन्धमा सम्झौता गरेको हो। 

हिम रिभर पावरकाअनुसार पहिलो चरणमा आयोजना प्रभावीत सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाका स्थानीय वासिन्दाका लागि साधारण सेयर निष्काशन गर्नेछ। आयोजना प्रभावितका लागि सर्वसाधारणका लागि जारी पुंजीको १० प्रतिशतले हुन आउने १३ लाख ३० हजार कित्ता छुट्याइएको छ। इच्छुक आयोजना प्रभावित स्थानीयले प्रति कित्ता एक सय रुपैयाँका दरले आबेदन दिन पाउनेछन। 

त्यस्तै आयोजना प्रभावितलाई साधारण सेयर बिक्रि गरे पश्चात हिम रिभरले सर्वसाधारणको लागि साधारण सेयर बिक्रि गर्नेछ। आम सर्वसाधारणको लागि छुट्याईएको ११ लाख ३० हजार कित्तामा आयोजना प्रभावितबाट आबेदन पर्न बाँकी कित्ता समेत जोडेर सर्वसाधारणको लागि आइपीओ बिक्रि खुला गरिनेछ। 

हिम रिभर पावर लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा वार्षिक उत्पादन क्षमता ९४.४० गिगावट र जडित क्षमता १६.२६ मेगावाट भएको  लिपिङ खोला हाइड्रोपावर परियोजना निर्माण गरिरहेको छ। ६५ प्रतिशत भन्दा बढी कार्य सकिसकेको जनाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved