रसुवागढीले असार मसान्तबाट विद्युत उत्पादन थाल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2023 | 02:57:17 PM मा प्रकाशित

laxmi  sunrise bank

रसुवागढी जलविद्युत आयोजनाले असारबाट विद्युत उत्पादन सुरु गर्ने लक्ष्यसहित काम भइरहेको छ । १११ मेगावाटको यो जलविद्युत आयोजनाको भौतिक प्रगति अहिले ९६ प्रतिशत पुगेको छ।

रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका १ थुमन र २ टिमुरेको सिमाना हुँदै बग्ने भोटेकोशी नदीमा बनिरहेको यो आयोजनाबाट असार मसान्तसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ। आयोजना ३ सिफ्टमा काम भइरहेको छ ।

आयोजनाका सूचना अधिकारी नरनाथ न्यौपानेका अनुसार आयोजनाको संसोधित कूल लागत अनुमान निर्माण अवधिको ब्याजबाहेक १७ अर्ब १ करोड हुने देखिएको छ। ब्याज रकम समेत कुल २१ अर्ब १५ करोड ३२ लाख ६७ हजार रुपैयाँ पुग्ने देखिएको छ । 

आयोजनाको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याज रकमसमेत १९ करोड ५ लाख ७० हजार हुने देखिएको छ। 

यो आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने छ । कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड आम्दानी प्राप्त हुने अनुमान छ। 

२०७९ चैत मसान्तसम्म १५ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved