बाढीले आयोजनामा क्षति पुर्याएपछि अपर हेवाखोलाको विद्युत उत्पादन बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 12:11:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर हेवाखोला साना जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ ।  बाढी आई ईन्टेक लगायतका संरचनाहरुमा क्षति पुगेपछि गएरातिदेखि विद्युत उत्पादन बन्द भएको हो  ।

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार २०८० साल आषाड २ गते राति ९.१५ बजेको समयमा बाढी आई ईन्टेक लगायतका संरचनाहरुमा क्षति पु¥याएकोले सोहि समयदेखि आयोजनाबाट हुँदै आएको विद्युत उत्पादन बन्द भएको छ । बाढीबाट भएको क्षतिको बिस्तृत विवरण प्राप्त हुनासाथ जानकारी गराइने कम्पनीले जनाएको छ ।

बाढी आउनु अघि कम्पनीले  अपर हेवाखोला साना जलविद्युत आयोजना (८.५ मे.वा) पूर्ण क्षमतामा सञ्चालन गरिरहेको थियो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved