चिलिमेले बनाउने सेती नदी- ३ आयोजनामा पर्ने जग्गाको मुआब्जा दाबी गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2023 | 01:56:24 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला प्रशासन कार्यालय बझाङले सेती नदी- ३ जलविद्युत आयोजनाका लागि अधिग्रहण हुने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आग्रह गरेको छ।  मुआब्जा निर्धारण समितिको २०७९ चैत्र ९ गतेको निर्णयबाट मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण भएको हुँदा अधिग्रहण हुने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न प्रशासन कार्यालयले आग्रह गरेको हो। 

कार्यालयका अनुसार आयोजनाको लागि बझाङ जिल्ला जयपृथ्वी नगरपालिकाको वडा नं. ३, ४, ५ र ९ ( साबिक हेमन्तवाडा गा.वि.स. वडा नं. १, लुयाँटा गा.वि.स. वडा नं. १, २, ३, ४, ७, ८ र ९, रिठापाटा गा.वि.स. वडा नं. ४ र ६) को जग्गाहरू स्थायी रूपले प्राप्ति गरिनेछ । 

सम्बन्धित जग्गाधनीहरूले मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्नका लागि आ-आफ्नो हकदैया वा भोग चलन सम्बन्धी निस्सा तथा प्रमाण (सक्कल जग्गाधनी प्रमाण पुर्जा, नागरिकताको प्रतिलिपि, चालू आ.व.को तिरो तिरेको रसिद आदि) सहित रु. १० को टिकट टाँसी सम्बन्धित निकायमा रीतपूर्वक निवेदन दिन पशासन कार्यालयले आग्रह गरेको छ। कार्यालयका अनुसार मुआब्जा तथा क्षतिपूर्ति सम्बन्धी सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालय, बझाङ तथा सम्बन्धित वडा कार्यालयको सूचना पाटीमा टाँस गरिएको छ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीका रूपमा स्थापित चिलिमे जलविद्युत कम्पनी लि.को मुख्य प्रवर्द्धकत्वमा चिलिमे-सेती हाइड्रोपावर कम्पनी मार्फत सेती नदी - ३ जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो। आयोजनाको क्षमता १६५ मेगावाट निर्धारण भएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved