पंचेश्वर बहुउद्देशीय आयोजनाको डिपीआरलाई अन्तिम रुप दिन नेपाल-भारत सहमत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2023 | 08:18:31 AM मा प्रकाशित

laxmi  sunrise bank
पंचेश्वर बहुउद्देशीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप प्रदान गर्न गठित संयुक्त विज्ञ टोली (ToE) को चौथो बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ। साउन ५ र ६ गते बैठक बसेको हो ।
 
बैठकमा नेपाल सरकारको तर्फबाट जल तथा उर्जा आयोगका सचिव सुशिल चन्द्र तिवारी र भारत सरकारको तर्फबाट केन्द्रिय जल आयोगका अध्यक्ष कुसविन्दर बोहराले संयुक्त रुपमा बैठकको अध्यक्षता गरेका थिए ।बैठकले विज्ञ समुहको यस अघिका बैठकहरुमा भएका सहमति तथा महाकाली सन्धिको मर्म अनुरुप हुने गरी पंचेश्वर बहुउद्देशीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)लाई १५  दिन भित्र परिमार्जन गरी पेश गर्न वाप्कोस लिमिटेडलाई निर्देशन दिने निर्णय गरेको छ। साथै तीन हप्ता भित्र विज्ञ समूहको अर्को बैठक बसी विस्तृत परियोजना प्रतिवेदन लाइ अन्तिम रुप दिने निर्णय गरेको।

नेपालका प्रधानमन्त्रीको हालसालै भएको भारत भ्रमणको क्रममा पंचेश्वर बहुउद्देशीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई तीन महिनाभित्र टुङ्गो लगाउने गरी दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको थियो। सोहि सहमतिलाई यथाशीघ्र कार्यान्वयन गर्न संयुक्त विज्ञ टोलीको बैठकले आवश्यक निर्णय गरेको उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयका सहसचिव मधु प्रसाद भेटवालले जानकारी दिए । 

२०५२ सालमा नेपाल र भारतबिच भएको महाकाली सन्धिमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार पारी आयोजना बनाउने सहमति भएको थियो तर हालसम्म पनि उल्लेख्य प्रगति हुन सकेको छैन । महाकाली नदीको पञ्चेश्वरमा बाँध बाँधेर छ हजार ४८० मेगावाट र रुपालीगाडमा अर्को बाँधमार्फत २४० मेगावाट विद्युत् उत्पादन गर्ने परियोजनाको लक्ष्य छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved