शेयर डिम्याट नगराए अपर तामाकोशीको हकप्रद नपाइने, तत्काल डिम्याट गराउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2023 | 10:10:10 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले शेयर अभौतिकिकरण अर्थात् शेयर डिम्याट नगराएका शेयरधनीलाई शेयर डिम्याट गराउन आग्रह गरेको छ। कर्मचारी संचयकोषमा रकम जम्मा गर्ने संचयकर्ता, कम्पनीमा ऋण दिने संस्थाका कर्मचारीहरु र आयोजना प्रभावितलाई भौतिक रुपमा शेयर प्रमाणपत्र वितरण गरिएको हुँदा आफ्नो शेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको हो । 

 शेयर रजिष्ट्रार सनराईज क्यापिटल लिमिटेडबाट यथाशीघ्र शेयर प्रमाणपत्र संकलन गरी आफ्नो हितग्राही खाता (Demat Account) मा अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ।

निकट भविष्यमा कम्पनीले १:१ (एक बराबर एक) का दरले हकप्रद निष्काशन गर्न लागेकोले  हकप्रद शेयरको लागि आवेदन दिन समेत डिम्याट खाता  खोली शेयर अभौतिकीकरण अनिवार्य रहेको कम्पनीले प्रष्ट पारेको छ ।  कम्पनीले डिम्याट खाता  नभएका शेयरधनीहरुलाई समेत समयमै डिमयात खाता खोलि आफनो नामको शेयर अभौतिकिकरण गर्नका लागि अनुरोध गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved