विद्युत प्राधिकरणको आम्दानी ११८ अर्ब, आईपीओ जारी गर्ने प्रक्रिया अघि बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2023 | 02:47:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले  सर्वसाधारणलाई  आईपीओ  जारी गर्ने  प्रक्रिया अगाडी बढेको जनाएको छ । आज प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक  कुलमान घिसिङले प्राधिकरणकको  आईपीओ जारी  गर्ने प्रक्रिया अघि बढी सकेको बताएका हुन् ।

उनले  यसको लागि  इक्रा नेपाल बाट रेटिंग समेत गराईसकिएको र AA प्लस को रेटिंग पाएको बताएका छन् ।   विद्युत प्राधिकरण ऐन  २०४१ अनुसार अनि शेयर  जारी गर्न लागिएको  उनले जानकारी दिए । उनले प्राधिकरणको सम्पति मुल्यांकन कार्य पनि सकिएको बताए ।

उनले आर्थिक वर्ष २०७/८० मा प्राधिकरणले १२ अर्ब ३३ करोड खुद नफा कमाएको बताएका छन् । जुन अघिल्लो वर्षको भन्दा कम हो । अघिल्लो वर्ष प्राधिकरणले १३ अर्ब ३७ करोड खुद  नाफा गरेको थियो । 

पानी  र  हिउँ नपरेको कारण  विजुली कम  उत्पादन भएको र आयात बढ्दा नाफा प्रभावित भएको  उनले बताए । उनले प्राधिकरणको खुद  आम्दानी  आर्थिक वर्ष ७८/७९ मा ८१ अर्ब रहेकोमा आर्थिक वर्ष ७९/८० खुद आम्दानी बढेर ११८ अर्ब पुगेको बताए  ।  उनले प्राधिकरणको संचित मुनाफा ३६ अर्ब ३७ करोड पुगेको बताए  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved