लाङटाङ खोला हाइड्रोपावर आयोजनाको सुरुङ 'ब्रेक थ्रु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2023 | 03:43:30 PM मा प्रकाशित

laxmi  sunrise bank

आरएम ग्रुपअन्तर्गतको मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको  २० मेगावाट क्षमताको लाङटाङ खोला हाइड्रोपावर आयोजनाको सुरुङको ब्रेक थ्रु भएको छ । स्याफ्रुबेसी रसुवा स्थित  लाङ्टाङ खोलामा निर्माणाधिन आयोजनाको ३.९ किलोमिटर  सुरुङ छेडिएको हो।

साउन २८ गते  आयोजना स्थलमा आयोजित समारोहमा कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले स्वीच अन गरेर सुरूडको ब्रेक थ्रुको औपचारिक घोषणा  गरेका हुन् । 

कम्पनीले आयोजनाको सिभिल तर्फको  ८० प्रतिशत कार्य सम्पन्न भएको जनाएको छ।  अनुमानित ४ अर्ब लागतमा बन्दै गरेको आयोजनाबाट आगामी १ वर्ष भित्र विद्युत उत्पादन  गर्ने कम्पनीको लक्ष्य छ ।

आयोजनाको कूल लगानी चार अर्ब पाँच करोड प्रक्षेपण गरिएकामा शेयरधनीहरुबाट १ अर्ब ३२ करोड र बैंकहरुले २ अर्ब ७३ करोड ४० लाख लगानी रहेको छ। साविक सनराइज बैंकको नेतृत्वमा आयोजनामा ऋण लगानी भएको हो । 

आयोजनाको निर्माण पूरा भई उत्पादन हुने विद्युत् चिलिमे हब सबस्टेसनमा लगेर जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved