७ अर्ब ८८ करोड लागतमा ४० मेगावाटको जलविद्युत आयोजना बनाउँदै ह्याप्पी इनर्जी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2023 | 09:20:40 AM मा प्रकाशित

laxmi  sunrise bank

ह्याप्पी इनर्जी प्रालिले संखुवासभा जिल्लामा ४० मेगावाट क्षमता माथिल्लो संखुवा खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले  उत्पादन अनुमतिपत्रको लागि विद्युत विकास विभागमा अनुमतिपत्र माग गर्दै दरखास्त पेश गरेको छ 

यो आयोजना संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर २ र ३ भएर बग्ने संखुवा खोलामा निर्माण हुने छ । यो रन अफ रिभर प्रकृतिको आयोजना हो । सो आयोजना निर्माण तथा संचालन गर्दा उल्लेखनीय प्रतिकुल असर गर्ने भएमा ३५ दिन भित्र सूचना दिन विभागले आग्रह गरेको छ । 

यस आयोजनाको कुल लगायत ७ अर्ब ८८ करोड ७० लाख अनुमान गरिएको छ भने २०८५ साल जेठ ३० गते विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वार्षिक सरदर २३५.४० गिगावत घण्टा विद्युत उत्पादन हुने छ । आयोजनाको विद्युत सिताल्पति सबस्टेसनमा जोडिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved