विद्युत नियमन आयोगद्वारा ग्रिड कोड जारी, विद्युत व्यापारको लागि महत्वपूर्ण कोशेढुङ्गा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2023 | 02:43:49 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत नियमन आयोगले 'नेपाल इलेक्ट्रिसिटी ग्रिड कोड, २०८०' जारी गरेको छ सरोकारवालहरुसंगको पटक पटक छलफल र राय तथा प्रतिक्रिया पश्चात् आयोगले ग्रिड संहिता तयार गरि लागु गरिएको आयोगले जनाएको छ।

ग्रिड संहिता तयार गर्दा अन्तरदेशिय वितरण प्रणालीमा आवद्ध ग्रिड र ग्रिडकोडलाई कार्यान्वयनमा ल्याउने विद्युतीय ग्रिड संहिता २०८० को दफा २.३ २.१ अनुसार ग्रिड कोड म्यानेजमेन्ट कमिटी (GCMC) गठन गरि अध्यक्ष, सदस्य सचिव र सदस्यहरु तोक्नका लागि आयोगका सदस्य गौतम डंगोलको अध्यक्षतामा उक्त कमिटीलाई पूर्णता दिनका लागि कार्यभार तोकिएको छ ।

आयोगका अनुसार विद्युत प्रसारण र वितरणमा ग्रिड कोडको महत्वपूर्ण स्थान रहेको हुन्छ । एउटा देशमा एउटा मात्र राष्ट्रिय ग्रिड रहेको हुन्छ । विद्युत नियमन आयोगले लामो गृहकार्य पछि ग्रिड संहिता तयार गरेको हो ।

ग्रिड संहिता तयार गर्ने क्रममा आयोगले विभिन्न सरोकारवाला, विषय विज्ञ र सेवा प्रदायक संस्थाहरुसंग पटक पटक प्रत्यक्ष छलफल गरि सरोकारवालाहरुबाट राय प्रतिक्रिया माग गरि अन्तिम रुप दिन कार्याशाला गोष्ठी आयोजना गरेको थियो । सो कार्यशाला गोष्ठीको उद्घाटन गर्दै माननीय उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर वस्नेतले यस्ता खालका संहिता वा मापदण्ड निर्माण गरि विद्युतको माग र आपूर्तीलाई गुणस्तरयुक्त बनाउने र निर्यातसम्म गर्न मिल्ने गरी व्यवस्थित गर्नुपर्छ भन्दै यसरी छलफल र अन्तरक्रियाद्वारा निर्माण गरिएको ग्रिड संहिताको विद्युत आपूर्तीमा अझ महत्व हुने व्यक्त गरेका थिए।

आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले विद्युतीय ग्रिड संहिताको देश भित्र विद्युत उत्पादन बढेको तथा दक्षिण एशियाली क्षेत्रमा विद्युत व्यापार गर्नु पर्ने सन्दर्भमा अझ बढी महत्व भएको बताएका थिए।

अध्यक्ष सिंहका अनुसार विद्युतीय शक्ति प्रसारणमा विद्युतीय ग्रिड संहिताको उचित व्यवस्थापन बाट नै उत्पादित विद्युत शक्ति उपभोक्ता समक्ष सुरक्षित र भरपर्दो तरिकाबाट पुर्याउन सकिन्छ । विद्युतीय शक्तिको उतार चढावबाट हुने दुर्घटना जस्ता घटनाहरुको व्यवस्थापन ग्रिड संहिताको व्यवस्थापनबाट नै गर्न सकिने अध्यक्ष सिंहले बताए ।

आयोगका अनुसार हालै लागु भएको विद्युतीय ग्रिड संहिताले विद्युतीय प्रवाह सम्बन्धी न्यूनतम आवश्यक मापदण्ड परिपूर्ति गर्न, विद्युतीय ग्रिडको सन्तुलन कायम राख्न र सीमा भित्र र सीमा बाहिर विद्युतीय प्रवाह व्यवस्थापन गर्न आवश्यक दिशा निर्देश गर्दछ । यसले प्रसारण प्रणालीको योजना सञ्चालन र व्यवस्थापनका लागि निष्पक्ष र प्रभावकारी ढंगले काम गर्दछ । अन्तरदेशीय विद्युत व्यापार र क्षेत्रीय अन्तरसम्बन्धको बढ्दो सम्भावनाका साथै राष्ट्रिय र क्षेत्रीय ग्रिड प्रयोगकर्ताहरुको प्रवेश र सञ्चालनलाई नियमन गर्न यस संहिताको अझ बि महत्व छ। यो नेपालको ग्रिड प्रणालीको जडान, संचालन, मर्मत सम्भार र विकासका लागि दिशा निर्देश, प्रकृया, जिम्मेवारी, मापदण्ड र दायित्वहरु स्थापित गर्ने विस्तृत दस्तावेज हो ।

ग्रिडको स्वमित्व रहेको संस्था, प्रणाली संचालक, ग्रिड प्रयोगकर्ताहरुको वीचको सीमा निर्धारण गर्न र प्रसारण प्रणाली प्रयोग गर्ने सुविधाहरुको सञ्चालनको लागि कार्यविधिहरु स्थापना गर्न ग्रिड संहिताको विकास गरिएको आयोगले जनाएको छ। यसले ग्रिड प्रणालीको विकास एवम् सुरक्षाको लागि आधारभूत नियम र मापदण्डहरु तोकेको र यो सार्वजनिक र वातावरण सुरक्षाको लागि अत्यावश्यकरहेको आयोगले उल्लेख गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved