१५ हाइड्रोले पिपिए गर्न नपाउने, ६ वटालाई अवसर (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 04:56:31 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ । तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रितपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न भएकाले पिपिएको प्रक्रिया अगाडि बढाउन नसकिने प्राधिकरणले जनाएको छ ।

आवश्यक कागजात नबुझाएका ती आयोजना अधिकांश नदी प्रवाही प्रकृतिका छन् । विद्युत् व्यापार विभागका अनुसार ती आयोजनाको कूल क्षमता दुई सय १५ मेगावाट छ । प्राधिकरणले माथिल्लो त्रिशूली दोस्रो, एक सय दुई मेगावाट, चमेलिया छटिगाड ८५ मेगावाटलगायत आयोजना छन् । ती आयोजनाको प्रवर्द्धकलाई रोलक्रमबाट हटाएपछि प्राधिकरणले छवटा आयोजनाका प्रवर्द्धकलाई पिपिए प्रक्रियामा आउन आग्रह गरिएको छ । ती आयोजनाको क्षमता दुई सय २८ मेगावाट बराबर छ । 

प्राधिकरणले आगामी १५ दिनभित्र प्राधिकरणका सम्पर्क राख्न सूचित गरेको छ । प्राधिकरणको २०७९ साल माघ २६ को नौ सय ३०औँ बैठकले नदी प्रवाही आयोजनाको अधिकतम सीमा छ हजार सात सय ५० मेगावाट नपुगेसम्म ग्रीड ‘कनेक्सन एग्रिमेन्ट’को रोलक्रमका आधारमा पिपिए गर्ने क्रममा रहेका आयोजनालाई प्राथमिकता दिने निर्णय गरेको थियो । 

हेर्नुस् रोलक्रमबाट हटाइएका आयोजना :

अब पिपिए गर्न पाउने आयोजना :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved