बाढीले क्षति पुर्याएको ६ महिनापछि अपर हेवाखोलाले फेरी थाल्यो विद्युत उत्पादन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2024 | 09:53:36 AM मा प्रकाशित

laxmi  sunrise bank

बाढीले आयोजनामा क्षति पुर्याएको ६ महिना पछि अपर हेवाखोला हाइड्रोपावरको आयोजनाले फेरी विद्युत उत्पादन थालेको छ । आवश्यक मतमत सम्भारपछि २०८० पौष १९ गते साँझ ७.२५ बजेदेखि ८.५ मे.वा क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।

आयोजनामा २०८० साल असार २ गते राति आएको बाढीले ब्यापक क्षति पुयाएकोले सो मितिदेखि विद्युत उत्पादन बन्द भएको थियो। कम्पनीका अनुसार प्रसारण लाईनको पुनः निर्माण कार्य सम्पन्न गरी, पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवस्यक परीक्षण भइ, हेवाखोला ईन्टकको बाईपास क्यानल र कनेक्टिङ पाईपको मर्मत कार्य सम्पन्न गरिएको हो ।

यी कार्य सम्पन्न हुँदा विद्युत उत्पादन हुन सक्ने अवस्था निर्माण भएकोले पुन: विद्युत उत्पादन थालिएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved