पीपीए पूर्णरुपमा खुलाउन इप्पानको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2024 | 01:50:16 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) ले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) पूर्ण रुपमा खुलाउन माग गरेको छ । इप्पानले वाषिकोत्सवको अवसरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो माग गरेको हो । 

त्यस्तै, नीजि क्षेत्रलाई विद्युत निर्यातको लागि अनुमति पत्र दिन समेत इप्पानले माग गरेको छ । नेपालमा विद्युत उत्पादन पनि बढ्दै गएको र यसको महत्वपूर्ण योगदान नीजि क्षेत्रको रहेको भन्दै यस्तो माग गरेको हो । इप्पानका अनुसार हाल २८ सय ३७ मेगावाट विद्युत उत्पादन क्षमता रहेकोमा नीजि क्षेत्रको योगदान २१ सय ७५ मेगावाट रहेको छ ।  

त्यस्तै इप्पानले बैंक तथा वित्तीय संस्थाले उर्जामा लगानी बढाउनु पर्ने साथै सरकारले पनि ऊर्जा उत्पादनका लागि थप सहुलियतहरु घोषणा साथै ऊर्जा आयोजना निमार्णका लागि हाल देखिएको नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याहरुको समाधानमा सरकार सक्रिय हुनुपर्ने आवश्यकता औंल्याएको छ ।

त्यस्तै हाल निजी क्षेत्रले मात्र ३१०० मेगावाट आयोजना बनाइरहेको जानकारी दिंदै २० हजार मेगावाट बराबरका आयोजनाहरु निमार्णको चरणमा रहेको इप्पानले जनाएको छ ।अहिले अल्पकालिन बजारमा नेपालले करिब ५ सय मेगावाट बराबर बिजुली निर्यात गरेको भन्दै आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात निजी क्षेत्रको संलग्नता बिना असंभव रहेको इप्पानको भनाई छ 

नेपाल र भारतबीच भएको सम्झौताको स्वागत

इप्पानले नेपाल र भारतबीच यही पुस १९ गते भारतीय विदेश मन्त्री एस जय शंकरको नेपाल भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातको लागि भएको दीर्घकालिन ऐतिहासिक सम्झौताको स्वागत समेत गरेको छ । 

गत जेठमा सम्पन्न प्रधानमन्त्री पुष्प कमल दाहालको भारत भ्रमणको क्रममा विद्युत निर्यातको प्रारम्भिक समझदारी भएकोमा अहिले आएर सम्झौता भएको हो । यसले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण अवसरहरु सिर्जना भई अझ ऊर्जा विकासका लाढि ढोकाहरु खुल्दै जाने इप्पानको विश्वास छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved