कुलमानलाई प्राधिकरणका कर्मचारीको चेतावनीः उद्योगमा लाइन जोडे काटिदिन्छौँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 03:55:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारी संगठनहरूले लाइन काटिएका उद्योगमा लाइन नजोड्न दबाब दिएका छन् । प्राधिकरणका क्रियाशील ट्रेड युनियनहरूले उद्योगमा लाइन जोडे आफूहरूले नै लाइन काटिदिने चेतावनी दिएका हुन् । 

प्राधिकरणको कर्मचारी कल्याण परिषद्‌, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी संघ आधिकारिक ट्रेड युनियनले संयुक्त रुपमा घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउँदै कुनै हालतमा लाइन काटिएका उद्योगहरुमा विद्युत लाइन नजोड्न भनेका छन् । 

‘अदालतले समेत विद्युत महशुल असुलउपर गर्न आदेश दिईसकेको अवस्थामा समेत हाल नेपाल सरकारले विद्युत महशुल रकम नबुझाई उद्योगहरूको लाइन जोडने निर्देशन दिईएको भन्ने बुझिन आएकोले सो लाइन जोडिएमा हामी पुनः त्यस्ता उद्योगहरूको लाइन काट्न बाध्य हुनेछौँ’ ध्यानाकर्षण पत्रमा भनिएको छ । 

मंगलबारको मन्त्रिपरिषद बैठकले लाइन काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गर्दै यो विवाद समाधानका लागि आयोग बनाउने निर्णय गरेको थियो ।

यस्तो छ ध्यानाकर्षण पत्रः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved