पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 11:27:07 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा पन्चकन्या माइहाइड्रोको साधारणसभा सम्पन्न भएको हो। 

सभामा संस्थापक शेयर सदस्य, सर्व साधारण शेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो। उक्त सभाबाट सर्वसाधारण शेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालक र स्वतन्त्र संचालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण शेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र संचालकमा बरदान गिरी निर्वाचित तथा मनोनय गरी नयाँ कार्य समितिको गठन गरिएको छ। 

साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा  कम्पनीका सञ्चालक र शेयर सदस्यहरुबाट मन्तव्य तथा सञ्चालक तथा शेयर सदस्यबीच गहन अन्तकृया समेत भएको थियो ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved