अरुण काबेलीको १३औं वार्षिक साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 11:32:05 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको मैत्री हलमा कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्य्क्षतामा सम्पन्न भएको हो।

साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै , लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्दै , लेखापरीक्षक नियुक्ति र  निजको पारिश्रमिक निर्धारण पनि गरेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ । अरुण काबेली पावर लिमिटेड कम्पनीले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङ्ग जिल्ला बीच भई बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी-१ जलविद्युत परियोजनाक २०७६ आश्विन १६ गते देखि राष्ट्रिय ग्रीडमा विद्युत आपुर्ति गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved