साहस ऊर्जाले ३४१ मेगावाटको बुढीगण्डकी आयोजना बनाउने, मल्होत्रासँग किन्यो लाईसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2024 | 09:48:57 AM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रमध्ये कै सबैभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गरेको साहस ऊर्जा लिमिटेडले ३ सय ४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । सो आयोजनाको लाईसेन्स टाइम्स इनर्जीसँग रहेकोमा साहस ऊर्जा लिमिटेडले लाईसेन्स खरिद गरेको हो 

टाइम्स इनर्जी दीपक मलहोत्राको कम्पनी हो । उनकै कम्पनीसँग साहस उर्जाले करिब २ अर्बमा लाईसेन्स किनेको बताईएको छ । 

निजी क्षेत्रबाट सञ्चालनमा आएको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको रुपमा ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना बनाएको साहसले अब  ३ सय ४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । सम्पन्न पश्चात यो नै निजी क्षेत्रबाट बनेको सबैभन्दा ठूलो आयोजना हुने छ । 

साहज उर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले साहस उर्जा लिमिटेड कै लगानीमा ३४१ मेगावाटको सो अर्धजलाश्ययुक्त बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गरिने बताए । उनले योजना निर्माण र संचालन गर्नको लागि सम्पूर्ण संचालक, शेयरधनी तथा शुभेच्छुक साथै सरोकारवाला निकायहरुबाट सुझाव तथा सहयोगको अपेक्षा गरेको जनाएको छन्।

यो आयोजना  गोरखाको धार्चे–३ र चुमनुब्री गाउँपालिका–३ मा पर्दछ । चुमनुब्रीको सल्लेरी नजिकै बाँध र धार्चेमा विद्युत् गृह निर्माण गरिने छ । आयोजनाको टनेल करिब ६.८ किमि तथा हेडवर्क्स ३ सय ९८ मिटरको हुनेछ । 

 एक वर्षभित्र विस्तृत परियोजना रिपोर्ट (डीपीआर) र फाइनान्सियल व्यवस्थापन पूरा गरेर निर्माणको चरणमा जाने कम्पनीको तयारी छ । आयोजनाको विद्युत खरिद बिक्री दर (पीपीए) गर्नको लागि विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाई समेत गरिसकेको छ   टाइम्स इनर्जीले नै यस आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन र सम्भाव्यता अध्ययन गरिसकेको छ । आयोजनाको अनुमानित लागत ६५ अर्ब रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved