भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको साधारणसभा सम्पन्न,सर्वसाधारण संचालकमा रोशन रेग्मी निर्विरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2024 | 12:27:28 PM मा प्रकाशित

laxmi  sunrise bank

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज कम्पनीको अध्यक्ष सौरभ अर्यालको अध्यक्षतामा कम्पनीको साधारणसभा सम्पन्न भएको हो ।

सभाले  सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ भने आ.व. २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, आ.व. २०७९/०८० को वार्षिक नाफा/नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्वद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गरेको छ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८०/०८१ को लागि लेखापरीक्षण समितिको सिफारिस मुताविक लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ। 

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट रोशन रेग्मीलाई संचालकमा निर्विरोध निर्वाचित गरेको छ । कम्पनीको पाचौं साधारणसभाबाट संचालक पदमा नियुक्त भएका सन्तान कुमार अर्याल,रंजन कुमार शर्मा र संगीता शर्माले संचालक पदबाट राजिनामा दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved