व्यापारिक उत्पादन सुरु गर्दै ईङवा खोला साना जलविद्युत आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 05:41:32 PM मा प्रकाशित

laxmi  sunrise bank

 ईङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ईङवा खोला साना जलविद्युत आयोजनाको  व्यापारिक उत्पादन  २०८० साल फाल्गुन मसान्त भित्र सुरु हुने भएको छ । पाँचथर जिल्लामा अवस्थित ईङवा खोलामा निर्माण भैरहेको ९.७ मेगावाट क्षमतको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य ईङवा हाइड्रोपावर लिमिटेडबाट भैरहको छ ।

रन अफ रिभर प्रकृतिको यस आयोजनाको निर्माण कार्य मिति २०७७ साल माघ १  गतेबाट सुरु भई २०८० साल श्रावण मसान्तमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भैरहेको अवस्थामा २०८० साल असार १ र २ गते नेपालको पूर्वि भूभागमा गएको भिषण बाढी पहिरोको कारणले आयोजनामा केही क्षति पुगेको थियो । उक्त क्षति पश्चात कम्पनीले पूननिर्माणको कार्य तीब्र गतिमा सम्पन्न गरि २०८० साल फाल्गुन मसान्त भित्र विद्युत उत्पादन गर्ने अवस्थामा पुर्याएको छ ।

आयोजनाबाट उत्पादित विद्युतशक्ति १६ कि.मि. लामो  ३३ के.भि.डबल सर्किट प्रसारण लाइन मार्फत अमरपुर सवस्टेशनमा जडान  गर्ने कार्य सम्पन्न भएको छ । यस ईङवा हाइड्रोपावर लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडले  १५ करोड बराबरको संस्थापक शेयर लगानी रहेको छ । आयोजना निर्माण पश्चात अपि पावर कम्पनी लिमिटेडलाई यो आयोजनाबाट राम्रो मुनाफा हुने व्यहोरा अपि पावर कम्पनी लिमिटेडका संचालक द्धारिका प्रसाद न्यौपानेले बताए ।

माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजना मिति २०८० साल माघ १९ गते ड्राई टेस्ट परिक्षण सफल रुपमा सम्पन्न गरी ट्रान्समिशन लाईनलाई चार्ज गर्ने कार्य आगामी १  सातामा सम्पन्न हुने जानकारी ईङवा हाईड्रोपावर लिमिटेडका वित्त प्रबन्धक गोकुल पाण्डेले बताए ।  आयोजनामा Geppert Austria GMBH  बाट आयात गरिएको अत्याधुनिक  प्रविधिको युरोपेली मेसिन जडान गरिएको छ ।

आयोजनामा  ग्लोवल आईएमई बैंक  लिमिटेड तथा नविल बैंक लिमिटेड को लगानी रहेको छ । आयोजनाको अनुमानित कुल लागत रु. २०६ करोड रहेको छ । ईङवा हाईड्रोपावर लिमिटेडमा संस्थापक शेयर रु. ४२  करोड तथा आईपीओ मार्फत बाँडफाँड भएको सर्वसाधारण तर्फको शेयर रु. १८ करोड गरि जम्मा चुक्ता पूँजी रु. ६० करोड रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved