विद्युत बक्यौता जाँचबुझ आयोगको म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 06:18:19 PM मा प्रकाशित

laxmi  sunrise bank

डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महशुल विवाद समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको म्याद १५ दिन थपिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आयोगको म्याद १५ दिन थप गर्ने निर्णय गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रस्तावमा आयोगको म्याद थपिएको हो । 

यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पत्र पठाउँदै आयोगले १५ दिनको समय थप गर्न माग गरेको थियो । 

जाँचबुझ आयोगका अध्यक्ष गिरीशचन्द्र लालले आयोगले प्रतिवेदनको खाका तयार गर्ने काम सुरु गरेको र तोकिएको समयमा प्रतिवेदन लेख्न नसकिने देखिएकाले १५ दिनको समय थप गर्न माग गरेका थिए । 

उद्योगी र विद्युत प्राधिकरणबीच डेडिकेटेड फिडर र ट्रंकको विद्युत महशुलमा विवाद बल्झिएपछि सरकारले यो विवादको दीर्घकालीन समाधान सिफारिस गर्न जाँचबुझ आयोग बनाएको हो । पुस २४ गतेको मन्त्रिपरिषद बैठकले लालको अध्यक्षतामा जाँचबुझ आयोग बनाउने निर्णय गरेको थियो ।

एक महिनाको समयअवधि तोकेर गठन भएको आयोगलाई प्रतिवेदन तयार गर्न थप एक महिनामा दिइएको थियो । थपिएको समय चैत १० गते सकिँदै थियो । अब १५ दिन म्याद थप भएपछि आयोगले चैत २५ गतेसम्म समय पाएको छ । 

आयोगमा अध्यक्ष पूर्व न्यायाधिश लालसहित सिंचाई सचिव सुशिलचन्द्र तिवारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी सदस्य रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved