प्रोटोनको ‘दशैं दक्षिणा’, यस्ता छन् अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2021 | 09:27:16 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रोटोन गाडीले चाडपर्वको अफर योजना अन्तर्गत ‘दशैं दक्षिणा’ योजना सार्वजनिक गरेको छ । भदौ १७ गतेबाट सुरु भएको यो योजना चाडपर्व नसकिउन्जेलसम्म लागू हुने बताईएको छ । 

योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडी खरिद गर्दा ६ लाखसम्म दक्षिणा प्राप्त गर्न सक्ने छन् । कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजार देखि २ लाखसम्म एक्सचेन्ज बोनस पाउन सक्ने कम्पनीले जनाएको छ । 

एकैपटक पुरै पैसा तिरेर नयाँ गाडी किन्दा ५० हजारदेखि २ लाख ५० हजारसम्म नगद छुट पनि पाउन सकिने छ । 

योजना अन्तर्गत नै जगदम्बा सेभिङ्ग एण्ड क्रेडिट को–ओपरेटिभबाट कर्जा सुविधा पाईने छ । निःशुल्क बीमा, एक वर्षको वार्षिक कर, विभिन्न एशोसरीजहरु अफरमा प्राप्त गर्न सकिने छ । 

यो योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका शोरुममा लागु हुनेछ।

चाडपर्व अफर छुट नहुँदा प्रोटोन सागाको सुरुवाती मूल्य ३७ लाख ९९ र एक्स७० को मूल्य ८६ लाख ९९ हजार छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved