व्यवहारिक भएपछि चाहेर पनि दिनभरी देउसी भैलो खेलेर रमाइलो गर्न पाइँदो रहेनछ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2023 | 10:00:49 AM मा प्रकाशित

laxmi  sunrise bank

विना शर्मा 

दशैँ पछिको अर्को ठुलो चाड तिहार सुरु भएको छ । मलाई दशैँ भन्दा पनि तिहार रमाइलो लाग्ने गर्छ । तिहार भन्ने वित्तिकै मलाई बाल्यकालको याद आउँछ । मेरो घर पाल्पा भएपनि म काठमाडौँमा नै हुर्किएँ । मेरो दशैँ तिहार कहिले काठमाडौँमा त कहिले गाउँमा हुने गथ्र्यो । किनकी दशै तिहारको बीचमा विद्यालय १ महिना नै छुट्टी हुने गथ्यो र त्यो समयमा हामी कहिले गाउँ जान्थ्यौ त कहिले काठमाडौँमा नै बस्थ्यौँ । बाल्यकालको तिहार मलाई काठमाडौँको भन्दा पनि गाउँकै रमाईलो लाग्थ्यो । गाउँमा फुलेको सयपत्री फूलको बासना नै अर्कै आउने गथ्यो । 

त्यति बेला गाउँमा चाहिँ पुरै दियो बाल्ने गथ्यौँ भने काठमाडौँमा तिहार मनाउँदा मैन वत्ती बाल्ने गथ्यौँ । त्यतिबेला अहिलेको जस्तो प्राविधिक बत्तीहरु पाइँदैन थियो । काठमाडौँमा देउसी भैलो पनि खासै रमाइलो हुँदैन थियो । सानो ग्रुपमा वरीपरी मात्रै जान्थ्यौँ । गाउँमा चाहिँ धेरै रमाईलो हुने गथ्र्यो । गाउँ भरिका मानिसहरु मिलेर धेरै ठाउँमा जाने गथ्र्यौ । राती जंगल कटेर अर्को गाउँमा पनि जान्थ्यौ । अहिले त्यो पलको धेरै याद आउँछ । 

बाल्यकालमा कुकुर पूजा गर्दा धेरै रमाइलो लाग्ने गथ्र्यो । मलाई मात्र हो कि यस्तो हुने तर कुकुुर पूजा गर्दा म धेरै खुसी हुन्थेँ । बाल्यकालमा रङ्गोली बनाउने चलन थिएन । यसको चलन धेरै पछाडी आएको हो । देउसी भैलोमा मलाई त्यति धेरै रुची थिएन । तर, साथिहरु सँग खेल्दा रमाइलो हुन्थ्यो । अहिले चाँहि खेल्ने बानी छैन । 

बाल्यकालमा लक्ष्मी पूजाको दिन सेल बनाउने, घर सफा गर्ने बत्तीहरु बाल्ने पूजा गर्ने गथ्यौँ । लक्ष्मी पूजाको दिन छोरीको हरेक इच्छा पुरा गर्नुपर्छ भन्ने चलन थियो । त्यो समयमा चाँहि हामी तास खेल्ने पटाका पड्काउने गथ्यौँ । बाल्यकालमा लक्ष्मी पूजा भनेको रमाइलो गर्नुपर्छ खेल्नुपर्छ भन्ने बुझिन्थ्यो । अहिले चाँहि लक्ष्मी पूजाको दिन पुँजा गर्नुपर्छ भन्ने लाग्छ । अहिले धनतेरसमा मैले कहिले सिक्का कहिले तामाको भाडाहरु लिने गरेकी छु । सधै भरी लिनुपर्छ भन्ने पनि छैन । आफुले कति सकिन्छ त्यहि अनुसारको खर्च गर्नुपर्छ । 

म सानो हुँदा मैले धेरै जनालाई टिका लगाउँथे । मेरो आफ्नै दाजु चाँहि एक जना हो । तर, काकाको छोरा ठुलो बुवाको छोराहरु गरेर धेरै जनालाई मैले टिका लगाउथे । समय एकै नासको नहुने रहेछ । अहिले कोेहि कता कोहि कता भएका छौँ । र अहिले चाँहि मेरो दाईले र मैले मात्र टिका लगाउँछै । 

त्यतिबेला दाजुभाइलाई दिने सामानहरु सबै आमाले नै तयार गरिदिनु हुन्थ्यो । त्यसमा सेलरोटी, फिनी, अनरसा, अमला, बयर, कटुस र ओखर चाहिँ नभई नहुने कुराहरुमा पर्ने गर्थे । अहिले यी कुराहरु हराइसके तर हामीले चाहि यसको प्रयोग गर्दै आएका छौँ । मलाई बाल्यकालमा दाजुभाइहरुले दिने दक्षिणाले रमाईलो लाग्थ्यो । आफुले केहि कुरा ठिक पार्नुु पर्दैन थियो सबै आमाले ठिक बनाईदिनु हुन्थ्यो । आफूले केही नगरी पैसा पाउँदा धेरै खुसी लाग्थ्यो ।

बाल्यकालमा तास खुब खेलिन्थ्यो । र, गाउँ लङ्गुरबुर्जा धेरै खेलिन्थ्यो काठमाडौँमा यो खासै हुँदैन थियो । तर, गाउँमा चाहिँ यो धेरै हुन्थ्यो । यो खेल्दा धेरै रमाईलो लाग्थ्यो । विस्तारै यो कुराहरुमा परिवर्तन हुँदै आएको छ । अहिले व्यवहारिक भइएको छ । सानोको जस्तो तिहार हुँदैन । कामको व्यस्तताले गर्दा पनि यो खेलहरुमा ध्यान जाँदैन रहेछ । कहिलेकहीँ खेलिन्छ तर पहिलाको जस्तो दिन भरी खेलेर बस्ने चाँहि हुँदैन । यो विस्तारै आफै कम हँुदै जादो रहेछ । 

अन्त्यमा दीपावली भनेको दशैँ पछिको ठुलो चाड हो । यो पर्व हामीले बाल्यकालमा मनाएर आएको भन्दा फरक भएको छ । धेरै देखासीखी बढेको छ । यो चाडलाई मानिसले खर्चालु चाड पनि भन्ने गर्छन् । किनकी मान्छेलाई चाडवाड आयो भन्ने वित्तिकै एक प्रकारको चिन्ता पनि बढ्ने गर्छ । त्यसैले धेरै खर्च नगरि आफुले जति सकिन्छ त्यही अनुसारले अगाडी बढ्यो भने अझै रमाईलो हुँदै जान्छ । यसलाई रमाईलो तरिकाले मनाऔ भन्दै सबैलाई तिहारको शुभकामना दिन चाहन्छु ।

विना शर्मा कृषि विकास बैंकको मार्केटिङ विभाग प्रमुख हुन् ।

बिजपाटी डटकमले दशैँको अवसरमा ‘यसपालीको दशैँ’ स्तम्भ संचालनको गरेको थियो। तिहारको अवसरमा हामीले विभिन्न क्षेत्रका महिला व्यक्तित्वहरुसँग उनीहरुको तिहारको योजना, बाल्यकालका तिहारका स्मरण र फेरिएको तिहार मनाउने शैली लगायतका विषयवस्तु समेटेर यो विशेष सामग्री तयार पारेका हौँः सम्पादक

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved