सफ्टवेयर किन्नु भन्दा एक्सेलबाट नै कर्जा नोक्सानी व्यवस्था गणना गर्न डेपुटी गभर्नरको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2023 | 01:14:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले छुट्टै सफ्टवेयर खरिद गर्नु भन्दा एक्सेलबाट नै कर्जा नोक्सानी व्यवस्था गणना गर्न सुझाव दिएका छन्। वित्तीय संस्था संघले आयोजना गरेको  नेपाल वित्तीय प्रतिवेदन मान ९ सम्बन्धी दुई दिने तालिमको समापन कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् । 

विभिन्न सफ्टवेयरमा ठूलो धन राशी खर्च गर्नुभन्दा एक्सेललाई नै पूर्ण रुपमा प्रयोग गरी कर्जा नोक्सानी व्यवस्था गणना गर्न सकिने भएकोले त्यस तर्फ लाग्न र सफ्टवेयर खरिद वापत हुने ठूलो विदेशी मुद्रा खर्च रोक्न डेपुटी गभर्नर मिश्रले सुझाव दिएका हुन् ।  डेपुटी गर्भनर मिश्रले २०८०/८१ को प्रथम त्रैमासको प्रतिवेदन देखि नै वित्तीय प्रतिवेदनमान अनुसारको कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने भएकोले वित्तीय संस्था संघलाई आफ्ना कार्यरत कर्मचारीहरुलाई पोख्त बनाउन निर्देशन दिए । 

वित्तीय संस्था संघले आयोजना गरेको नेपाल वित्तीय प्रतिवेदन मान ९ सम्बन्धी दुई दिने तालिम हिजो सम्पन्न भएको हो । तालिममा विभिन्न वित्त कम्पनीमा कार्यतर ४५ जना भन्दा बढी विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र, बैंक सुपरीवेक्ष विभाग प्रमुख देव कुमार ढकाल, नियमन विभाग प्रमुख डा. गुणाकर भट्ट, वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख विश्रुत थापा तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका निर्देशन राजन विक्रम थापा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै वित्तीय संस्था संघका अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले उपस्थिति सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved