यस्ता छन् नेपाल फाइनान्सको भावी कार्यक्रम तथा योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 12:30:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाइनान्स लिमिटेडले ९ बुँदे भावी कार्यक्रम तथा योजनाहरु सार्वजनिक गरेको छ । कम्पनीको आज सम्पन्न साधारणसभाको क्रममा कम्पनीका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले कम्पनीको वारसाहिक प्रतिवेदन पेश गर्दै कम्पनीको भावी कार्यक्रम र योजना सार्वजनिक गरेका हुन्।

जस अनुसार कम्पनीले आगामी दिनमा संस्थागत सुशासन, डिजिटल बैंकिङ्ग, कर्जाको गुणस्तर सुधार, आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग लगायतका विषय अघि सारेको छ । कम्पनीले  संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा सुशासनलाई अझ बढी सुदृढ गर्ने, संस्थाको जोखिम व्यवस्थापनलाई थप सुदृढीकरण गर्दै लैजाने विषय पनि पनि भावी कार्यक्रम तथा योजनाहरुमा समेटेको छ।

यस्ता छन् कम्पनीको भावी कार्यक्रम तथा योजनाहरू

१. निक्षेपको औसत व्याजदरमा कमी ल्याउने किसिमले निक्षेपका नयाँ योजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्ने र व्यक्तिगत निक्षेपकर्ताहरूको आधार वृद्धि गर्दै संस्थागत निक्षेपतर्फको निर्भरता कम गर्दै लैजाने ।

२. कर्जाको गुणस्तर सुधार गर्ने र कर्जा विस्तार गर्दा कृषि, उर्जा, पर्यटन लगायत साना तथा घरेलु उद्योग एवम् उत्पादनमुलक क्षेत्रहरूमा लगानी वृद्धि गर्ने ।

३. संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा सुशासनलाई अझ बढी सुदृढ गर्ने ।

४. संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत् विभिन्न थप कार्यक्रमहरू सञ्चालन गर्ने र संस्थालाई समाजको जिम्मेवार संस्थाको रूपमा परिचित गराउँदै संस्थाको Brand लाई थप सबल बनाउने ।

५. कर्मचारीहरूको दक्षता अभिवृद्धिको लागि नियमित रूपमा तालिम दिई मानव संसाधनको विकास गर्ने ।

६. संस्थाले संस्थागत सुशासनलाई थप सबल बनाउँदै लाने ।

७. संस्थाको जोखिम व्यवस्थापनलाई थप सुदृढीकरण गर्दै लैजाने ।

८. आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रूपमा ग्राहक संस्था समक्ष प्रस्तुत हुनु नपर्ने गरी बैकिङ्ग सुविधा प्रदान गर्ने ।

९. डिजिटल बैंकिङ्गको क्षेत्रमा विकसित नविनतम प्रविधिलाई यस क्षेत्रमा बढ्दो जोखिमको पक्षलाई समेत विचार गरी आवश्यकता अनुसार लागू गर्ने र संस्थाको आन्तरिक नियन्त्रण प्रणाली लगायत सेवा सुविधालाई यथासम्भव डिजिटल माध्यममा परिणत गर्दै लैजाने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved