समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 01:57:22 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार अनामनगर स्थित सिटि मन्टेश्वरीमा कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममा ३१ जना शिक्षिका तथा कर्मचारीहरुको सहभागीता रहेको थियो कम्पनीले जनाएको थियो । जहाँ कम्पनीका नायव प्र्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले उनीहरुलाई बैङ्किग प्राणलीको आवश्यकता र महत्व प्रकाश पारेका थिए । 

उनले वचत गर्ने बानिको विकास, महत्व, बैङ्किग प्राणलीबाट प्रदान हुने सुविधाहरु र बैङ्किग सेवा लिन बारेमा जानकारी गराए ।

मन्टेश्वरीकी पिन्सिपल पुस्पा रिजालले शिक्षक तथा कर्मचारीहरुबीच राखीएको कार्यक्रमले बैङ्किग चेतनाको विकाश गरेको भन्दै कम्पनीलाई धन्यवाद ज्ञापन गरिन । 

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved