गुहेश्वरी फाइनान्सको न्यूरोडको शाखा धर्मपथमा सर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 07:24:08 PM मा प्रकाशित

laxmi  sunrise bank

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको एक शाखा स्थानान्तरण भएको छ । काठमाडौंको पशुपति प्लाजास्थित न्यूरोडमा रहेको शाखा फाइनान्सले धर्मपथमा सारेको हो । 

फाइनान्सका अनुसार शाखा बिहिबार स्थानान्तरण गरिएको हो । स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयको समुद्घाटन संस्थाका अध्यक्ष युवराज भण्डारीले गरेका थिए ।

उक्त समारोहमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, एशियन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, सहायक महाप्रवन्धक अर्चना प्रधान, मुख्य प्रवन्धक शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रवन्धक शिवराज भण्डारी तथ शाखा प्रमुख अनिता न्यौपानेका साथै अन्य कर्मचारी र ग्राहकहरुको उपस्थिति रहेको थियो । 

पुल्चोक ललितपुरमा केन्द्रीय कायालय रहेको फाइनान्सले हाल मुलुकभर २३ वटा शाखा र ४ वटा विस्तारित काउन्टरहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved