९७४ बाट सुरु हुने नम्बरको बिक्रि किन रोकियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2021 | 10:53:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्रिमा रोक लगाएको छ । कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले टेलिकमले अनुमति विपरित ९७४ बाट सुरु हुने जिएसएममा आधारित नम्बर बिक्री गरेको भन्दै यसलाई रोक लगाउने निर्णय गरेको हो ।

किन रोकियो बिक्रि ?

यसअघि ९७४ बाट सुरु हुने नम्बर सीडीएमएमा हुन्थ्यो, अहिले सीडीएमए भन्ने छैन । सीडीएमए हुँदा पनि ९७४ रेञ्जका नम्बर टेलिकमले बिक्रि गर्थ्यो, ९७५ बाट सुरु पनि नम्बर पनि बेच्थ्यो । तर, अहिले जीएसएममा परिवर्तन गर्न ९७४ बाट सुरु हुनेलाई ९७६ र ९७५ बाट सुरु हुनेलाई ९८५ मा लैजान्छौँ भनेर टेलिकमले भनेपछि प्राधिकरणले सोही अनुसार अनुमति पनि दिएको थियो ।

तर, ९७४ बाट सुरु हुने नम्बर ९७६ मा रुपान्तरण गर्छौ भनेको टेलिकमले अझैपनि ९७४ रेञ्जका नम्बर बिक्रि गरिरहेको पाईएपछि अब उप्रान्त ९७४ बाट सुरु हुने नम्बर बिक्रि नगर्न निर्देशन दिईएको  प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल बताउँछन् । 

‘९७४ बाट सुरु हुने नम्बर त ९७६ भईसक्यो नि’ पौडेल भन्छन्, ‘अब ९७४ बाट सुरु हुने नम्बर त बेच्नु भएन नि भनेर हामीले आजसम्म जति बेच्यौ, बेच्यौ अब नबेच भनेर निर्देशन नै दिएका छौँ ।’

उनले आगामी दिनमा पनि यस्तो काम भएको पाईए दूरसञ्चार ऐन, २०५३ अनुसार टेलिकमलाई कारबाही गर्ने पनि बताएका छन् । 

सीडीएमए बन्दको अन्तिम तयारी

प्राधिकरणले सीडीएमए प्रविधि बन्दको अन्तिम तयारी गरिरहेको छ । त्यसैले सीडीएमएमा भएका नम्बरलाई जीएसएममा परिवर्तन गर्न ग्राहकलाई पनि अनुरोध गरिरहेको छ ।

साउनदेखि नै सिडिएमए प्रविधिका नम्बर भएकाहरुलाई जीएसएममा परिवर्तन हुन आग्रह गर्दै आएको र अहिले जीएसएममा रुपान्तरण हुने ग्राहक बढिरहेको प्राधिकरण बताउँछ । देश भरीमा हाल ३ लाख २० हजार सीडीएमए प्रयोगकर्ता रहेको बताइन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved