साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । सोमबारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँले घटेको छ ।
छापावाला सुन प्रति तोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भैरहको छ भने चाँदी प्रति तोला ७ सय ३५ रुपैयाँ रहेको छ । साथै तेजावी सुन प्रति तोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भैरहको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति तोला ४८ हजार ९५ रुपैयाँ, तेजावी सुन ४७ हजार ८ सय ४० र चाँदीमा ६ सय ३० रुपैयाँ मूल्य तोकेको छ ।