घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2022 | 10:56:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले नै घटेर ९७ हजार २ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ पनि टोलमा १५ रुपैयाँले घटेर प्रतितोला  १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार ७ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ३ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved