तोलामा १ हजारले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2022 | 11:30:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा आईपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा १ हजार रुपैयाँले नै घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ११० रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ७ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ५१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved