तोलामा १ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2022 | 10:59:55 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेर तोलाको ९८ हजार १ रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सय रुपैयाँले नै बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार १०५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ६ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved