बढ्यो सुनचाँदीको मूल्य , कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 10:58:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार  प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४  सय रुपैयाँले बढेर  प्रति तोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँले नै बढेर प्रति तोला १ लाख ३ हजार ५ सयमा कारोबार भइरहेको छ । 

आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८९ हजार १ सय ६५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८८ हजार ७ सय ३५ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय १० रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved