आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुनको भाउ पनि आज तोलामा ६ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८८ हजार ३ सय ५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८८ हजार ६ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय १ रुपैयाँ ५० पैसा कायम गरेको छ ।