‘ब्रिक्स राष्ट्रहरुले डलरको विरुद्दमा नयाँ मुद्रा ल्याए सुनको भाउ अझै बढ्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2023 | 04:10:13 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकाको समूह ब्रिक्सले नयाँ मुद्रा प्रचलनमा ल्याउने बहस सुरु भएको छ । विश्व ब्यापारमा अमेरिकी डलरको एकाधिकार रहँदै आएको समयमा ब्रिक्स राष्ट्रहरुले नयाँ मुद्रा प्रचलनमा ल्याएमा त्यसको सिँधा असर नेपालको अन्तराष्ट्रिय ब्यापारमा पनि पर्नेछ । 

चीन–अमेरिका व्यापारीक टसल कायम रहेका बेला ब्रिक्स राष्ट्रहरुले डलरको विकल्पमा नयाँ मुद्रा प्रचलनमा ल्याउँदा सुनचाँदीको मूल्यमा यसको सिँधा असर पर्ने बताइन्छ । ब्रिक्स राष्ट्रहरुको नयाँ मुद्रा प्रचलनमा ल्याउने बहसले अहिले विश्व अर्थतन्त्र पर्ख र हेरको अवस्थामा रहेको जानकारहरु बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार डलरको बिरुद्धमा ब्रिक्स राष्ट्रहरुले नयाँ मुद्रा प्रचलनमा ल्याउँदा सुनको मूल्य थप बढ्ने बताउँछन् । अहिले पनि रुस–युक्रेन र इजरायल–प्यालेस्टाईन युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित हुँदा सुनको मूल्यमा बढोत्तरी कायम रहेकाले ब्रिक्स राष्ट्रहरुले नयाँ मुद्रा प्रचलनमा ल्याउँदा झन सुनको भाउ बढ्ने देखिएको उनको भनाई छ । 

उनका अनुसार यो समय दक्षिण एसियामा सुनको खपत बढी हुने समय पनि हो । नेपालभित्र तिहारको ४ दिनमा मात्रै १३५ किलो सुन बिक्रि भएको महासंघको तथ्यांक छ । यसको बजार मूल्य १ अर्ब ३२ करोड ८० लाख रुपैयाँ बराबर हुन्छ ।

आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलामा १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved