८ महिनामा १६ अर्बको सुन भित्रियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2024 | 01:11:42 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ८ महिनामा १९ सय केजी सुन आयात भएको छ । भन्सार विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १९ सय १ केजी ८६४ ग्राम सुन नेपाल आयात भएको हो । 

उक्त सुन आयातबाट १६ अर्ब १२ करोड २५ लाख ८२ हजार रुपैयाँ विदेशिएको छ भने २ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ राजस्वमा योगदान पुगेको छ । 

उक्त आयात भएको सुन मध्ये ४०० केजी फागुन महिनामा मात्र आयात भएको विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार यो अवधिमा नेपालमा यूनाईटेड अरब ईमिरेट्स, टर्की र भारतबाट सुन आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै यूएईबाट आयात भएको छ । 

यूएईबाट १८ सय केजी ५०० ग्राम सुन आयात हुँदा टर्कीबाट १०० केजी र भारतबाट १ केजी ३६४ ग्राम सुन आयात भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved