सुनको भाउले बनायो नयाँ इतिहास, आज हालसम्मकै उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 10:43:54 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ११ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस अघि चैत ८ गते सुनको भाउ प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको थियो । 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९ हजार ६५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ९ हजार ११४ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९४.५ रुपैयाँ तोकेको छ।

यो पनि: सुनको भाउ १ लाख ७० हजारसम्म पुग्ने अनुमान, किन बढिरहेको छ मूल्य ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved