सुनको भाउले राख्यो नयाँ रेकर्ड, तोलाको १ लाख ३० हजार पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2024 | 10:39:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउले नयाँ इतिहास रचेको छ । हिजो बिहिबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २१ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन १ लाख ३० हजार  रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ११ हजार ४५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १० हजार ९४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ७ रुपैयाँ तोकेको छ।

सुनको भाउ १ लाख ७० हजारसम्म पुग्ने अनुमान, किन बढिरहेको छ मूल्य ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved