आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2024 | 10:48:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

त्यस्तै आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै घटेर  प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य स्थिर छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ११५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार ५५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ५७।५० रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved