७ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2024 | 10:34:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँले नै बढेर  प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ८५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १७ हजार ३२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ७०.५० रुपैया तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved