आज बुधबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा किनबेच भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन पनि स्थिर रहेको छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको भाउ ३५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १९ हजार ३४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १८ हजार ७८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ७०.५० रुपैया तोकेको छ।