मेडिकल व्यवसायीद्वारा स्वास्थ्य संस्था सूचीकरण गर्न ३ महिनाको समय माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2019 | 07:20:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मेडिकल व्यवसायी संघले सरकारले मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था सूचीकरण गर्न दिएको समय कम भएको जनाएको छ। 

संघले एक बिज्ञप्ति मार्फत स्वास्थ्य संस्था सूचीकरण गर्न  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिएको १५ दिनको म्याद कम भएको जनाएको हो। 'मन्त्रालयले सूचना मार्फत तोकेको १५ दिनको समय सिमा अपर्याप्त मात्र हुने नभई पूर्ण रुपमा अपुग हुनेछ' संघद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। 

'मन्त्रालयले तोकेको मापदण्ड पुरा गर्ने मेसिनरी समान जुटाउन तथा हालै मात्र सरकारले वृद्धि गरेको धरौटी रकम जोहो गर्नुपर्ने कुरालाई बेवास्ता गरि मन्त्रालयद्वारा सुचिकृत व्यवसायीहरुलाइ १५ दिनको समयसिमा तोकिनु दुखद मात्र नभई स्वास्थ्य परिक्षणमा संलग्न व्यवसायीहरुको व्यवसाय धरापमा पारि प्रचलित ऐन कानुनको उपहास समेत गर्नु हो' संघको बिज्ञप्तीमा उल्लेख छ।     

यस अघि श्रम मन्त्रालयले सोमबार एक सूचना जारि गर्दै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न मन्त्रालयमा सूचीकरण भएका र सूचिकणका लागि मापदण्ड पुरा गरि सूचिकृत हुन चाहने सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ्ग होम र पोलिक्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुले १५ दिन भित्र रित पुर्वक निवेदन दिनको लागि आह्वान गरेको थियो।

वैदेशिक रोजगार नियमावली २०६४ र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ मा स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको सूचीकरण गर्नुपर्ने व्यवस्था छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved