कोरोनाबाट फलफूल, तरकारी तथा ग्यास सिलिन्डरलाई कसरी सुरक्षित बनाउने ? डा. पाण्डेको टिप्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 08:43:24 AM मा प्रकाशित

laxmi  sunrise bank

- हातमा पंजा लगाएर सुरक्षितरूपमा ग्यास ल्याउने । उक्त ग्यासलाई घरबाहिर साबुनपानीले सफा गर्ने । त्यसपछि ओभानो गरेर स्प्रिट वा डेटोल पानीले सफा गर्ने । अनि आधा घण्टा घाममा राखेर घरभित्र ल्याउने । हात राम्रोसंग धुने ।

- दाल, चामल लगायतका सामान ल्याएपछि सबैभन्दा बाहिरको प्याकिंग निकाल्ने । त्यसलाई नष्ट गर्ने । ती बोरा वा झोलालाई आधा घण्टा घाममा राख्ने ।

- तरकारी तथा फलफुल ल्याएको प्लास्टिकको झोला नष्ट गर्ने, आफुले साबुनपानीले हात धुने । तराकारी तथा फलफुललाई २० मिनेटदेखि आधा घण्टा सम्म घाममा राख्ने । त्यसपछि बांटामा राख्ने । बाँटामा मनतातो पानी राख्ने । त्यसमा खाने सोडा वा नुन वा कागतीको रस वा भिनेगार राख्ने ।

-तरकारी, फलफुल सफा गर्ने Vaggy wash भए झन् राम्रो । आधा घण्टापछि धारोको पानीमा ( Running Water ) मिचिमिची सफा गर्ने । अनि सुक्खा राख्ने । यसरी प्रयोग गर्दा सुरक्षित हुन्छ । खानेकुरामा शरीरलाई हानि गर्ने केमिकल मिसाउनु हुँदैन । यो बाहेक क्लोरिन पानी / पियुषको केहि थोपा राखेर सफा गर्न पनि सकिन्छ ।

- प्याकेट, बोरा, झोलालाई स्यानिटाइजर वा ब्लीच पानीले पनि सफा गर्न सकिन्छ । केहि विज्ञको मत यो छ कि मनतातो पानीले राम्रोसंग सफा गरेब्लीच मिसाउनु पर्दैन भनेका छन् भने केहि विज्ञले चिसोपानिले राम्रोसंग धोए पनि हुने बताएका छन् । यो आफ्नो आफ्नो ठाउँको अभ्यासमा भर पर्दछ ।

- आलु, स्याउ, गाजर लगायत कडा सतह भएका फलफुल तथा तरकारीलाई चिसो पानीमा राखेर भेजिटेबल ब्रस वा नरम ब्रसले सफा गर्न सकिन्छ भने गोलभेंडा, च्याउ आदिलाई पानीमा डुबाएर हातले बिस्तारै सफा गर्न सकिन्छ । अझ सुरक्षित हुनको लागि बेकिंग सोडा राखेर सफा गर्न सकिन्छ ।

- फलफुल तथा तरकारीलाई काट्नु अघिं राम्रोसंग धुनु जरुरी छ ।

- सकभर बोक्रा ताछेर खानु सुरक्षित हुन्छ । त्यस्तै बन्दा, प्याज, काउली आदिको बाहिरको पत्र निकालेर खानु बढी सुरक्षित हुन्छ ।

- खानेकुरा सफा गर्ने, काट्ने तथा पकाउने मान्छे सफा तथा निरोगी हुनुपर्दछ । रुघाखोकी तथा ज्वरो आएको व्यक्तिले भान्साको काम गर्नुहुँदैन ।

- तरकारी, फलफुल तथा अन्य खानेकुरा सफा गर्दा यसलाई ठूलो रुपमा गम्भीर हुनु जरुरी छैन । माथि उल्लेख गरेका उपायमध्ये आफुसंग उपलब्ध बिधि अपनाउने हो । सबैभन्दा उपयुक्त बिधि भनेको पटक पटक हात धुने हो । सरसफाईमा ध्यान दिने हो । 

(स्रोत: जन स्वास्थ्य विज्ञ डा. रबिन्द्र पाण्डे)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved