नरदेवी आयुर्वेदिक अस्पतालमा ५० वेडको आइशोलेशन सञ्चालन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2021 | 07:24:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइशोलेशन सञ्चालन हुने भएको छ । यसका लागि आज महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडाध्यक्षहरु अस्पताल पुगेर निर्देशक डा. प्रदीप के. सी. सँग कुरा गरेका छन् ।

‘हामी मिलेर महामारीको सामना गरौँ । तपाईँहरुसँग भौतिक संरचना छ । जनशक्तिको प्रबन्ध छ । यसलाई थप व्यवस्थित गर्न महानगरले सहयोग उपलब्ध गराउँछ’ भेटका क्रममा प्रमुख शाक्यले भने, ‘आइसोलेसनमा भएका विरामीलाई थप उपचार आवश्यक भए अस्पताल पठाउन र अस्पतालमा भर्ना भएका  अक्सिजन थेरापी मात्र गरे पुग्ने विरामीलाई यता सार्न मिल्ने पद्धतिको आइसोलेसन बनाऔँ । यसबाट अस्पतालको चाप घटाउन सकिन्छ ।’

भेटका क्रममा अस्पतालका निर्देशक डा. के. सी. ले, एकपटक खरिद गरेर पुग्ने उपकरण तथा सामाग्रीका लागि र नियमित खर्च गर्नु पर्ने कामका लागि महानगरले स्रोत उपलब्ध गराए अस्पतालमा आइसोलेसन सञ्चालन गर्न सकिने बताए । 

उक्त अस्पतालको क्षमता ११८ वेड हो ।

अक्सिजनसहितको आइशोलेशन सञ्चालन गर्न वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले संयोजन गर्नेछन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved