स्याङ्गजाको भिरकोटमा बृहत निशुल्क स्वास्थ्य शिविर हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 07:49:05 PM मा प्रकाशित

laxmi  sunrise bank

 स्याङ्गजा जिल्लाको भिरकोट-१ स्थित भिरकोट अस्पतालमा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । भिरकोट नगरपालिका र स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालको संयुक्त आयोजनामा आगामी चैत्र ३० गते शुक्रबार  बृहत नि-शुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

स्वास्थ्य सेवा दिने टोलीमा डा. मुज: श्रेष्ठ(शल्य चिकित्सा) ,डा. मनोर दिन सैयद (स्त्री तथा प्रसुती ),  डा. इबराज सिम्खडा (जनरल मेडिसिन/रेडियोलोजी)  , डा. उजोन शाक्य (हाड जोर्नी तथा नशा रोग), ड़ा. नबराज बराल (नाक/कान/घाटी),फिजिसियन ड़ा. प्रशन्न बोहरा (फिजिसियन),बाल रोग  डा. धनु माया गुरुङ (फिजिसियन/बाल रोग ), सुनिला श्रेष्ठ (नर्सिङ), सुजिता गिरि (नर्सिङ), रंजित गिरि(फार्मेसी ) र सन्जिब कंडेल(अस्पतालका प्रबर्धन अधिकृत)  रहने अस्पतालका निर्देशक समेत रहेका वरिष्ठ शल्य चिकित्सक डा. मुज: श्रेष्ठले  जानकारी दिएका छन् । 

 उक्त टोलिले नि-शुल्क रुपमा स्वास्थ्य परीक्षण,परामर्श औषधि वितरणका साथै Video-XRay,महिला हरुको पाठेघरको प्रारम्भिक VIA टेस्ट र नि-शुल्क शल्यक्रिया समेत हुने भएकोले सो स्वास्थ्य शिबिरबाट उत्साहका साथ भाग लियर स्थानीय जनताहरुलाई लाभान्वित हुन मेयर गोबिन्द कुमार कर्माचार्यले आह्वान गरेका छन्। 

 बयरघारीका स्थानीय  रहेका समाजसेवी चिकित्सक डा. सैयद अहिले जिल्लामा स्वास्थ्य,शिक्षा,न्यानो कपडा लगायतका राहत वितरणका साथै देशभर नै विभिन्न समाजसेवी गतिविधिलाइ निरन्तरता डिरहेका छन्। अहिलेको शिविरमा भेटिएका न्यून आय भएकाहरुलाइ पालिकाको सिफारिसमा नि-शुल्क रुपमा मेजर शल्यक्रिया(सामान्य शल्य चिकित्सा अन्तर्गत) सम्मको सुविधा प्रदान गर्ने ड़ा. सैयदले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved